पूर्व डिआइजी रमेश खरेल भ्रष्टाचारविरुद्ध मैदानमा, ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान घोषणा गर्दै
१४ फागुन, काठमाडाैँ । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल भ्रष्टाचारविरूद्धको अभियानसहित मैदानमा देखिने भएका छन । उनले भ्रष्टाचारको बिरोध र भण्डाफोरका लागि अभियान नै घोषणा गर्ने भएका छन । जुन अभियानको नेतृत्व स्वयं खरेलले गर्दैछन ।

खरेलले बिहीबार राजधानीमा अभियानको औपचारिक घोषणा गर्ने कार्यक्रम तय भएको जानकारी दिए । अभियानले भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्नुका साथै सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारका काम गर्ने खरेलले बताए । अभियानमा सामाजिक व्यक्तित्वहरुका साथै केही पूर्वप्रशासक समेतसँगै रहने उनले बताए।
प्रकाशित मिति : February 26, 2020 at 12:13 pm









