सूर्यविनायक-जडीबुटी खण्डमा आजदेखि नयाँ व्यवस्था
१४ फागुन, काठमाडौं । सूर्यविनायक-जडीबुटी खण्डमा आजदेखि निजी, सार्वजनिक र मालवाहक गाडी छुट्टाछुट्टै लेनमा चलाउनुपर्ने भएको छ । आवागमन सहज बनाउन र दुर्घटना कम गर्न आजदेखि छुट्टाछुट्टै लेनमा गाडी चलाउन लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सूर्यविनायक-जडीबुटी सडकखण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने गाडी बायाँ लेनमा, र निजी गाडी दाहिने लेनमा मात्र चलाउन पाइने व्यवस्था गरिएको छ । नियम उल्लंघन गरे ट्राफिक प्रहरीले कारबाही गर्नेछ ।
अहिले भइरहेका धेरैजसो दुर्घटनामा टिपर तथा ठूला गाडीले मोटरसाइकललाई ठक्कर दिएको पाइएकाले अब छुट्टै लेन प्रयोग गरेपछि मोटरसाइकल तथा साना गाडीलाई ठूला गाडीले ठक्कर दिने सम्भावना कम रहने विश्वास गरिएको छ ।
प्रकाशित मिति : February 26, 2020 at 9:28 am







