१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

१३ फागुन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको सो प्रस्ताव बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यस्तै ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक सङ्ख्या नपुगेको भन्दै नेपाली काँग्रेसका अतहरकमाल मुसलमानले नियमापत्ति गर्नुभयो । तीन मिनेट जनाउ घण्टी दिएर सांसदको सङ्ख्या गणना गर्दा पनि कुल सदस्य सङ्ख्याको एक चौथाइ (६९) हुनुपर्नेमा ५८ सांसदको मात्र उपस्थिति देखिएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभयो ।

प्रकाशित मिति : 17:52