विवाहित छोरीलाई पनि अंश !
१३ फागुन, हेटौंडा । हेटौडा उपमहानगरपालिका १४ का तामाङ समुदायले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने गरेका छन् । १ सय ६५ घरधुरी रहेको बस्तीका अधिकांशले आफ्ना विवाहित छोरीलाई पनि अंश दिएका छन् । उक्त बस्तीमा तामाङ समुदायको बसोबास छ ।

२०७५ भदौ १ देखि लागू भएको मुलुकी देवानी संहिता-२०७४ ले छोरीलाई पनि अंशको समान हकदार बताए पनि यो व्यवहारमा लागू हुन नसकेको अवस्थामा हेटौंडाका नागरिक भने नमुना बनेका छन् ।
हालसम्म पनि एकाधबाहेक बाबुआमाले छोरीलाई अंश दिने चलन नरहेको खबर नेपाल समाचारपत्र दैनिकमा छ । उजुरी नै दिए पनि छोरीलाई अंश दिने चलन छैन । उजुरी नै दिए पनि छोरीलाई अंश दिलाउने कानुनहरु यसअघि पर्याप्त नभएको सम्बद्ध विज्ञहरुको भनाइ छ ।
प्रकाशित मिति : February 25, 2020 at 7:22 am







