६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

त्रिविमा करार शिक्षक थप्ने तयारी


१३ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनुगमन निर्देशनालयको सुझावविपरीत करार शिक्षक थप्ने तयारी गरेको छ ।

राजनीतिक आस्था र भागबन्डाको आधारमा कार्यरत आंशिक शिक्षकलाई करारमा नियुक्ति गर्न लागिएको समाचार कान्तिपुर दैनिकमा छ । त्रिवि अनुमगन निर्देशनालयले आंगिक क्याम्पसहरुमा अवस्था, त्यहाँ कार्यरत शिक्षक र विद्यार्थीको अनुपात अनुगमन गरी शिक्षक सुरुवा तथा सिफ्ट समायोजन गर्न कार्यकारी परिषदलाई सिफारिस गरिसकेको छ ।

लामो समयदेखि आन्दोलनरत आंशिक शिक्षकले दाङ, नेपालगन्ज, पोखरा, बुटवललगायत आंगीक क्याम्पसहरुमा तालाबन्दी गर्दै आएका छन् । शिक्षकको आन्दोलनपछि त्रिविले कार्यकारी परिषदले आंशिक शिक्षक सम्बन्धमा अध्ययन कार्यदल गठन गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलवार ०७:१३