८ असार २०८३, सोमबार | Mon Jun 22 2026

कलंकीमा एउटा ट्रक अनियन्त्रित हुँदा १० सवारीसाधनमा क्षति, एकजनाको घटनास्थलमै मृत्यु

१३ फागुन, काठमाडौं । काठमाडौंको कंलकीमा ब्रेक फेल भएको एक ट्रक अनियन्त्रित १० वटा सवारीसाधनमा क्षति भएको छ । एकजनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कालीमाटी बृत्तका डीएसपी रुगमबहादुर कुँवरका अनुसार ब्रेक फेल भएको उक्त ट्रकको ठक्करबाट ६ वटा चारपाङ्‍ग्रे सवारीसाधन, ४ वटा दुईपाङ्‍ग्रे (मोटरसाइकल) सवारीसाधनमा क्षति पुगेको छ ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको उक्त ट्रक ढुङ्गेअड्डाको ओरालोमा अनियन्त्रित भएको थियो ।

सांकेतिक तस्बिर ।

प्रकाशित मिति : February 25, 2020 at 6:06 am