१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाल बैंकको आठराई शाखा सञ्चालनमा, कारोबार गरी आर्थिक उन्नती गर्न प्रधानमन्त्रीको अपिल

१२ फागुन, काठमाडौँ । नेपाल बैंक लिमिटेडको आठराई शाखा सञ्चालनमा आएको छ । आइतबारदेखि सञ्चालनमा आएको शाखाको प्रधानमन्त्री के पी शर्मा ओलीले एक विशेष समारोहका बीच डिजिटल प्रविधिबाट अपरेटिङ्ग सिष्टम कनेक्ट गरी शाखाको समुद्घाटन गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले सोमबार एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिएका छन ।

शाखामा आइतबारदेखि सम्पूर्ण बैंकिङ्ग कारोबार सुचारु भएको छ । शाखाको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल बैंकको १७७ औं शाखाको रुपमा पुनःस्थापित आठराई शाखाले यस भेगमा नै बैंकिङ्ग कारोबार मार्फत आर्थिक विकासमा मद्धत पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले बैंकसँग कारोबार गरि आफ्नो आर्थिक उन्नती गर्न सबैलाई आह्वान गरे ।

शाखा उद्घाटन पश्चात संक्रान्ति बजारमा आयोजित समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर चिन्ता मणी सिवाकोटीले अन्य प्रतिस्पर्धी बैंकहरुको तुलनामा नेपाल बैंकमा कर्जामा कम व्याजदर हुनुका साथै निक्षेपको सुरक्षण र सहुलियतपूर्ण कर्जा सुविधाहरु उपलब्ध भएकोले बैंकिङ्ग कारोबार मार्फत आफ्नो व्यावसाय विस्तार गर्न र उद्यमी बन्न सर्बै वर्ग समुदायलाई अनुरोध गरे ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले आमनागरिकहरुमा बैङ्किग पहुँच पु¥याउने लक्ष्यअनुरुप देशका विभिन्न स्थानहरुमा विगतमा बन्द भएका शाखाहरुको पुनःस्थापना तथा नयाँ शाखा कार्यालयहरु स्थापना गर्दै बैंकिङ्ग कारोवार गर्दै सबैं नेपालीलाई बैंकिङ्ग पहुँच पु¥याउने अभियानमा बैंक रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कुष्णबहादुर अधिकारीले व्यावसायीक सभ्याव्यताका आधारमा विभिन्न कर्जा सुविधा तथा निक्षेप योजनाहरु ल्याई सबैंसँग व्यावसायीक साझेदारीको रुपमा बैंक अगाडि बढेको बताउँदै बजारको माग अनुरुपका नयाँनयाँ कार्यक्रमहरुका साथ अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा सहित बैंकले आफ्ना सबैं सेवाग्राहिहरुलाई सन्तुष्टि प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आठराई उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमप्रसाद पौडेलले नेपाल बैंकको पुनःस्थापनाले स्थानिय उद्यमी व्यावसायीहरुमा खुसीको लहर आएको बताउँदै बचत गर्ने सँस्कृतिको विकास गर्न र परिश्रमी एवं उद्यमी बन्नमा बैंक सहयोगि हुने विश्वास गरे । कार्यक्रममा बैंकको प्रादेशिक कार्यालय प्रमुख उज्वलराज गौतमले स्वागत गरेका थिए । आठराई शाखाका शाखा प्रबन्धक शेखर न्यौपानेको टिमले बैंकिङ्ग सेवा सुचारु गरिरहेको छ ।

बि।सं।१९९४ कार्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्न रुपमा नेपालमा बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८३ वर्षको इतिहास बनाएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम रहेको छ । बैंकले देशको ६३ जिल्लामा रहेका १७७ वटा शाखाहरु, २६ बटा एक्स्टेन्सन काउण्टर तथा ११९ बटा एटिएम मार्फत बैंकिङ्ग सेवा दिँदैआएको छ र आगामी आ.ब. भित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाईरहेको बैंकका प्रवक्त अधिकारीले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार १२:०२