८ असार २०८३, सोमबार | Mon Jun 22 2026

त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु

११ फागुन , धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ को ज्यामिरेघाटबाट ट्रक त्रिशूलीमा खस्दा एकजनाको मृत्यु भएको छ । आइतबार बिहान ना५ख ३७७७ नंको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा मकवानपुर भिमफेदी निवासी चालक बिखे थोकरको मृत्यु भएको हो ।

फाइल तस्वीर

दुर्घटनामा परी सहचालक सप्तरी रुपनगरका राजेश विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

प्रकाशित मिति : February 23, 2020 at 5:37 pm