कोरोनाको संक्रमण फैलिएपछि दक्षिण कोरिया जाने ४० नेपाली कामदारको उडान सर्याे
११ फागुन, काठमाडाैँ । कोरोना भाइरसको संक्रमण फैलिएपछि दक्षिण कोरिया जाने ४० जना नेपाली कामदारको उडान सरेकाे छ । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दोब्बरले बढेपछि त्यहाँ जाने नेपाली कामदारको उडान १ हप्ताका लागि सारिएको हो ।
दक्षिण कोरियाले नै कोरोनाको संक्रमण फैलिएकोभन्दै नेपाली कामदारको उडान रोकेको ईपीएस कोरिया शाखाका बाबुराम घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो।

रोकिएका नेपाली कामदारको उडानबारे अवस्था हेरेर मात्रै निर्णय लिने उहाँले बताउनुभयो । आइतबार सार्वजनिक बिदा भएकाले यो विषयमा दक्षिण कोरियासँग मंगलबार छलफल हुने घिमिरेले बताउनुभयो ।
यस्तै कोरियामा रहेका नेपाली कामदार कोरोना भाइरसको संक्रमण प्रभावित क्षेत्रमा रहे नरहेकाेबारे जानकारी लिने काम पनि भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : February 23, 2020 at 5:42 pm









