१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाल बैंक लिमिटेडको १७७ औँ शाखा तेह्रथुमको आठराईमा, प्रधानमन्त्रीले गरे उद्घाटन

११ फागुन, तेह्रथुम । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको १७७ औँ शाखा तेह्रथुमको आठराईमा सञ्चालनमा आएको छ । आठराई–१, सङ्कान्ति बजारमा स्थापना गरिएको नेपाल बैंक लिमिटेडको १७७ औँ शाखाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।

उद्घाटनमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेपाल बैंक लिमिटेडका अध्यक्ष बासुदेव अधिकारी प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी लगायत बैंकका अन्य उच्चपदस्थ व्यक्तिहरू पनि उपस्थित रहेका थिए ।

योसँगै नेपाल बैंकको १ सय ७७ शाखा पुगेछ । बैंकले, २५ वटा एक्सटेन्स काउन्टर र १ सय १६ एटिएम मेसिनबाट ग्राहकालाई सेवा प्रदान गर्दै आएको छ । बैंकले चाँडै नै एटिएमको संख्या १४९ पुर्याउन लागेको र २०७७ सालको अषाढ मसान्तसम्ममा २ सय शाखाबाट सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आईतवार १५:२३