६९औं जन्मदिन मनाउन तेह्रथुम जाँदै प्रधानमन्त्री
११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बर्थ-डे (जन्मदिन) मनाउन तेह्रथुमको आठराई गाउँपालिका जाने भएका छन् । आठराई ओलीको जन्मथलो हो । उनी २००८ फागुन ११ गते जन्मिएका हुन् ।

जन्मदिन मनाउनकै लागि हेलिकोप्टरमार्फत् आठराई, सल्ले जान लागेको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपणपूर्व जन्मथलो जाने इच्छा भएपछि पुर्ख्यौली घर रहेको स्थानमा आफ्नै खर्चमा हेलिप्याडसमेत बनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पुख्यौली घरजग्गालाई ट्रस्टका रूपमा विकास गर्ने ओलीको योजना छ ।
प्रकाशित मिति : February 23, 2020 at 7:28 am







