८ असार २०८३, सोमबार | Mon Jun 22 2026

संसदको प्रतिपक्षी सरकारले जे गरे पनि नमस्कार गर्ने अवस्थामा पुग्नु दुःखद्ः अध्यक्ष लोहनी

१० फागुन, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै प्रशंसा पाएका मन्त्री गोकुल प्रसाद बाँस्कोटा (राजीनामा दिएका) को कमिशनको अडियो प्रकरण आएपछि यो सरकारको चरित्र के हो ? भन्ने कुरा प्रष्ट भएको टिप्पणी गरे ।

उनले भने,‘त्यत्रो समर्थन पाएका सञ्चारमन्त्रीबाट जुन किसिमबाट नेपाली जनताको स्रोत र साधनमाथिको खुलेआम लुट गर्ने प्रयास भयो, त्यो बाहिर आयो, त्यसले गर्दाखेरि बास्तवमा यो सरकारको चरित्र के हो ? यस्तो सरकारबाट के आशा गर्न सकिन्छ ? भन्ने प्रश्न नेपाली जनतामाझ चड्कारो रुपमा आएको छ ।’

उनले कमिशनको यो अडियो प्रकरणभन्दा अघि पनि यति काण्ड, सुन काण्ड, एनसेल काण्ड, न्यारोबडी काण्ड, वाईडबडी काण्ड भए, ती सबै काण्ड नेपालको प्रेस जगत (मिडिया) ले बाहिर निकालेको छ, तर, त्यसलाई एउटा लजिकल कन्क्लुजनमा लैजाने कुरामा यो सरकार तयार देखिएन् । संसदमा प्रतिपक्ष छ, तर प्रतिपक्ष पनि धेरै भलाद्यमी भएको छ । उहाँहरु चाहीँ जे आएपनि नमस्कार नै गरेर बस्ने स्थितिमा पुग्नुभएको छ ।’

प्रकाशित मिति : February 22, 2020 at 7:26 pm