८ असार २०८३, सोमबार | Mon Jun 22 2026

पशुपतिको फूल बाँदरे प्रवृतिका मान्छेले चोरेपछि सदस्य सचिव ढकालको प्रतिक्रियाः नमज्जा लाग्यो

१० फागुन, काठमाडाैँ  । पशुपति क्षेत्र विकास कोषाका सदस्यसचिव डा प्रदीप ढाकालले पशुपतिको फूल चोरीए भएपछि भावुक प्रतिक्रिया जनाएका छन । शनिबार दिउँसो समाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै सदस्यसचिव ढकालले फुलको कुरा भन्दै लामो प्रतिक्रिया लेखका छन । ढकालले जनाएको प्रतिक्रिया जस्ताको त्यस्तै तल उल्लेख गरिएको छ ।

फूलको कुरा ….

यसपालीको महाशिवरात्रीपर्वमा पशुपति परिसरलाई फूल र प्रकाशले सजाउने सोचियो । अनि तत्काल प्रश्न तेर्सियो – बाँदरबाट कसरी जोगाउने होला ? त्यही पीरमा बसिरहेको थिएँ ।

आज विहानै मन्दिरक्षेत्र पुग्दा निकै नमज्जा लाग्यो । दिक्क पनि लाग्यो – किन हामी यसरी सुन्दरतालाई लुछ्न उद्यत हुन्छौँ भनेर । जुन बाँदरको चिन्ता गरेको हो ती ठाउँका फूल सुरक्षित छन् तर हामी मान्छेको हात पुग्ने ठाउँका फूल चाहिँ छैनन् । केहीसमयअघि तीनकुनेमा दुबो चोरेका हामीहरु झन फूलैफूल भएको ठाउँमा त कसरी पो चुप लाग्न सक्थ्यौँ र ?

फूलले त सजाउने तर शिवरात्री पछाडि कसरी व्यवस्थापन गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा जवाफ थियो – पहिले फूलको सौन्दर्यको आनन्द लिउँ । सौन्दर्यको आनन्द लिनुभन्दा पहिल्यै फोहरमा किन मस्तिष्क खर्च गर्नु ?

अब थाहा भयो हाम्रा यी दुबै पीर त लिनै नपर्ने खालका रहेछन् ।

भगवान श्रीपशुपतिनाथसँग प्रार्थना गर्दछु – हामीलाई सद्बुद्धि दिनुहोस् ।

प्रकाशित मिति : February 22, 2020 at 4:34 pm