८ असार २०८३, सोमबार | Mon Jun 22 2026

छ महिनामै बच्चा जन्माउने सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

१० फागुन, काठमाडाैँ । महाकाली नगरपालिका–१ की एक सुत्केरीको हवाई उद्धार गरिएको छ । जिल्ला अस्पतालमा सुत्केरी भएकी ३२ वर्षीया कौसिला धामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सुत्केरी हुनु समयअगावै धामीले बच्चा जन्माउनुभएको हो ।

छ महिनामै बच्चाको जन्म दिएपछि उहाँलाई सघन उपचार कक्षमा राखेर उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ । प्रजिअ यदुनाथ पौडेलको विशेष पहलमा सुत्केरीको उद्धार गरिएको छ ।

फाइल फोटो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिलाको उद्धार गरिएको हो । दोस्रो सन्तानका रूपमा धामीले बच्चा पाउनुभएको बताइएको छ । धामी महिला तथा बालबालिका कार्यालय नौगाडमा कार्यरत हुनुहुन्छ ।

प्रकाशित मिति : February 22, 2020 at 4:10 pm