प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टू एक्सन’ सार्वजनिक (फोटोफिचर)
१० फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टू एक्सन’ सार्वजनिक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार उनको पुस्तक ‘भिजन टू एक्सन’ सार्वजनिक भएको हो । शतब्दी पुरुषद्वय सत्यमोहन जोशी र माधव घिमिरेले प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टू एक्सन’ लोकार्पण गरे ।

प्रधानमन्त्री ओलीको प्रधानमन्त्री ओलीको पुस्तक लोकार्पण गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार पुस्तकमा समृद्ध नेपाल निर्माणको भिजन र सो कामका लागि गरिएको प्रयाश समेटिएको छ । पुस्तक २४० पृष्ठको रहेको र त्यसमा प्रधानमन्त्री ओलीका सम्बोधनहरु संग्रहित छन् ।
प्रधानमन्त्रीको जन्मदिन फागुन ११ गते भएपनि यसपटक ओली जन्मदिन मनाउन जन्मघर तेह्रथुमको आठराईस्थित इवा तीनसल्ले जान लागेका छन । ओली तेह्रथुम जाने कार्यक्रम भएकाले पुस्तक शनिबार नै लोकार्पण गरिएको बताइएको छ । विशेष समारोहमा ओलीका ९० वर्षीय पिताले मञ्चमा उब्लिएर पुस्तकको पाना पल्टाएपछि जन्मदिनको शुभकामना देखिएको ब्यानर सार्वजनिक भएको थियो ।


प्रकाशित मिति : 15:56









