८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नेकपाका नेताले सडक उपभोक्ता समितिको २० लाख आफ्नै खातामा हालेर झ्वाम पारे

९ फागुन, ओखलढुंगा । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता समेत रहेका एक जनप्रतिनिधले सडक उपभोक्ता समितिको पैसा आफ्नो व्यक्तिग खातामा हालेर झ्वाम पारेको खुलासा भएको छ । ओखलढुंगा जिल्लाको चम्पादेवि गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शुरेश कुमार थापाले उपभोक्ता समितिको चेक आफ्नो खातामा हालेर झ्वाम पारेपछि उजुरी परेको छ ।

गाउँपालिकाले उपभोक्ता समिति मार्फत कन्स्ट्रक्शन कम्पनीलाई तिर्नको लागि उपलब्ध गराएको भुक्तानी रकम बीस लाख रुपैयाँ कन्स्ट्रक्शन कम्पनीलाइ भुक्तानी नगरेर सोझै वडाअध्यक्ष थापाले आफ्नो निजि खातामा जम्मा गरेपछि कन्स्ट्रक्शन कंपनीका संचालक अनिलकुमार कार्कीले कानुनी कार्बाहीका लागि गाउँपालिका अध्यक्षलाइ उजुरी दिएका छन ।

चम्पादेबी कै वाडनं ३, ५, ७ अन्तर्गत पर्ने चित्रे आत्मारा, च्यानडाडा फुलबारी हुदै दम्सेखोला जोड्ने मोटरबाटो निर्माण तथा स्तरोन्नति का लागि आथिक बर्ष ७५र७६ मा प्रदेश सरकार को ससर्त अनुदान अन्तर्गत गाउँपालिकाद्वारा बिनियोजित रकम पचहतर लाखमध्ये अन्तिम किस्ता रकम बीस लाख थापाले झ्वाम पारेपछि उपभोक्ता समिति र कन्स्ट्रक्शन्स कम्पनीका सञ्चालक तनावमा परेका छन ।

जनप्रतिनिधि जस्तो गरिमामय पदमा रहेर पदिय दुरुपयोग गर्दै समितिको चेक कानुन बिपरित निजि खातामा जम्मा गरेर भ्रस्टचार गरेका थापाले यसअघि पनि प्रदेश सरकार सामाजिक बिकाश मन्त्रालय अन्तर्गत स्वास्थ्य खेलमैदानका लागि बिनियोजित रकम आठ लाख अपचलन गरेको आरोप लागेको छ । गाउँपालिकाको अध्यक्ष भने नेपाली कांग्रेसका नेता रहेका छन ।

प्रकाशित मिति : February 21, 2020 at 11:55 am