८ असार २०८३, सोमबार | Mon Jun 22 2026

 

९ फागुन, काठमाडौं आज महाशिवरात्रि । शिवको आराधनासँगै शिवालयहरुमा पूजापाठसँगै उपासना बसेर मनाइँदै छ ।

यो पर्व फाल्गुण कृष्ण चतुर्दशीको रात (आज) भगवान् शिवको आराधना गरी पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा धुनी बालेर मनाइन्छ । यो रात शिवको आराधना गर्दा प्रसन्न हुने र मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास छ ।

व्रतमध्ये सर्वश्रेष्ठ मानिएको यो दिन दूध, बेलपत्र, धतुरो चढाउने र रातभर जाग्राम रही शिवको स्तुति गर्दै व्रत बस्ने गरिन्छ ।

काठमाडौँको पशुपतिनाथका साथै हाट सिंजा जुम्ला, नौलीगाउँ बझाङ, आमागाउँ रुपन्देही, कैलाशमाडौँ बाजुरा चतरामठ सुनसरी, खलङ्गा ब्राह्मणटोल प्यूठान, बागेश्‍वरी नेपालगन्जमा बिहानैदेखि भक्तजनको चहलपहल सुरु भएको छ । यसैगरी लेगुवा धनकुटा, शेरेश्वर महादेव शोभागाउँ रुकुम, नर्वदेश्वर ओखलढुंगा, खोटाङको हलेसी, महोत्तरीको जलेश्वर, भक्तपुरको डोलेश्वर र अनन्त लिङ्गेश्वर, लमजुङको करापुटारमा अवस्थित सन्तानेश्वरलगायत मुलुकका सबै स्थानका शिवालयमा अहिले भक्तजन पुगेका छन् ।

प्रकाशित मिति : February 21, 2020 at 7:15 am