८ असार २०८३, सोमबार | Mon Jun 22 2026

मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि, एक वर्षमामात्रै पन्ध्र सय घटना बढे

७ फागुन, काठमाडाैँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९’ सार्वजनिक गरको छ । इन्सेकले आज आयोजना गरेको कार्यक्रममा मानवअधिकारकर्मी सुशील प्याकुरेलले उक्त पुस्तकको सार्वजनिक गर्नुभयो । सन् २०१९ मा मानवअधिकार उल्लङ्घन र ज्यादतिका घटनामा ६ हजार ६४२ जना पीडित भएको पुस्तकमा उल्लेख छ ।

सन् २०१८ मा यस्ता घटनामा पाँच हजार ११० जना पीडित भएका थिए । यसवर्ष मानवअधिकार उल्लङ्घनका घटनामा ६८ महिला र ८६२ पुरुष गरी जम्मा ९३० जना रहेका छन् । त्यस्तै, ज्यादतिका घटनामा पाँच हजार ५८ महिला र ६५४ पुरुष गरी जम्मा पाँच हजार ७१२ पीडित भएको उल्लेख छ । गत वर्षको तुलनामा मानवअधिकार उल्लङ्घन तथा ज्यादतिका घटनामा यसवर्ष एक हजार ५३२ बढी पीडित देखिएको छ ।


गतवर्ष प्रहरीको गोली लागि भोजपुरमा दुई, सप्तरीमा एक, सर्लाहीमा दुई, रुपन्देहीमा एक र कपिलवस्तुमा एक गरी सात जनाको मृत्यु भएको इन्सेककोे अभिलेखमा उल्लेख छ । यातनाका घटनामा १३, गिरफ्तारीका घटनामा ७२, जातीय विभेदका घटनामा ६२, अमानवीय व्यवहारका घटनामा सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा तीन हजार ३६४ जना पीडित भएका छन् ।

बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा ६९, घरेलु हिंसाका घटनामा दुई हजार ७९, कथित बोक्सीको आरोपमा ४२, बलात्कारका घटनामा ५३०, बलात्कार प्रयासका घटनामा १४३, यौनदुव्र्यवहारका घटनामा ६३ र बेचबिखन तथा ओसारपसार घटनामा ५१ जना महिला पीडित भएको पुस्तकमा उल्लेख छ ।

परिवारजनका सदस्यबाट १२९ महिलाको हत्या भएको छ भने दाइजो नल्याएको आरोपमा १३ महिलाको हत्या भयो भने सोही कारणले ३०० महिला हिंसामा परेको देखिएको छ । बाल अधिकार उल्लङ्घनका घटनामा एक हजार ४४७ बालबालिका पीडित भएका छन् भने उमेर नपुगी विवाह हुने प्रचलन अझै पनि कायम रहेको पुस्तकमा उल्लेख छ ।

एक वर्षमा पन्ध्र सय घटना बढे
गत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज सार्वजनिक गरेको तथ्याङ्कमा २०१८ कोभन्दा २०१९ मा करिब एक हजार ५३२ घटना बढी भएका छन् ।

इन्सेकले तयार पारेको अभिलेखअनुसार सन् २०१९ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा छ हजार ६४२ पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विनयराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष सन् २०१८ मा यस्ता घटनामा पाँच हजार ११० पीडित भएका थिए ।

यस वर्ष मानवअधिकार उल्लङ्घनका घटनामा ६८ महिला र ८६२ पुरुष गरी जम्मा ९३० तथा ज्यादतीका घटनामा पाँच हजार ५८ महिला र ६५४ जना पुरुष गरी जम्मा पाँच हजार ७१२ पीडित भएका छन् । यस वर्ष प्रहरीको गोली लागी भोजपुरमा दुई, सप्तरीमा एक, सर्लाहीमा दुई, रुपन्देहीमा एक र कपिलवस्तुमा एक गरी सातको मृत्यु भएको इन्सेकको अभिलेखमा उल्लेख गरिएको छ ।

यस वर्ष यातनाका घटनामा १३, गिरफ्तारीका घटनामा ७०२, जातीय विभेदका घटनामा ६२, अमानवीय व्यवहारका घटनामा ४०, भेला तथा सङ्गठित हुने अधिकारमा ९८ र धम्कीका घटनामा ३५ तथा कुटपिटका घटनामा २७९ पीडित भएका अभिलेखमा उल्लेख गरिएको छ । यसैगरी, यस वर्ष विस्थापनका घटनामा आठ र बेपत्ता पारिएको घटनामा दुई जना पीडित भएको अभिलेख छ ।

सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा तीन हजार ३६४ पीडित भएको अभिलेख भयो । सो घटनामा गत वर्ष दुई हजार ८३४ घटना भएका थिए । अभिलेखअनुसार बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा ६९, घरेलु हिंसाका घटनामा दुई हजार ७९, कथित बोक्सीको आरोपमा ४२, बलात्कारका घटनामा ५३०, बलात्कार प्रयासका घटनामा १४३, यौन दुव्र्यवहारका घटनामा ६३ र बेचबिखन तथा ओसारपसार घटनामा ५१ महिला पीडित भएको जनाइएको छ ।

परिवाजनका सदस्यबाट १२९ महिलाको हत्या भयो । गत वर्ष यो सङ्ख्या १२० थियो । इन्सेकका अनुसार भने जति दाइजो नल्याएको आरोपमा १३ महिलाको हत्या भयो भने सोही कारणले ३०० महिला हिंसामा परेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : February 19, 2020 at 11:17 pm