८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एकै युवतीसँग दुई शिक्षककाे प्रेमः दुई जनाकै यसरी भयाे दुखद् अन्त्य

७ फागुन, एजेन्सी । एकै युवतीसँग दुई शिक्षक प्रेममा परेपछि दुवैजनाकाे ज्यान गएकाे छ । भारतकाे उत्तरप्रदेश मिर्जापुरमा एउटै विद्यालयमा पढाउने दुई शिक्षक एउटै युवतीसँग प्रेममा पर्दा दुबैको ज्यान गएको हो।

एउटै युवतीको प्रेममा दुई शिक्षक परेपछि सुरुमा एकले अर्कालाई सम्झाउने काम गरे। तर, एकले अर्कालाई सम्झाउन उनिहरू दुबैजना असफल भएपछि एक शिक्षकले सहकर्मीको हत्या गरी आफूले समेत आत्महत्याकाे बाटाे राेजेका छन् ।

फाइल फाेटाे

मिर्जापुरको विन्ध्याचल क्षेत्रको रपुरी गाउँमा मंगलबार शिक्षक सुरज पाण्डेको शव कुवामा भेटिएको थियो। प्रहरीले सुरजको हत्या उनको दुई सहकर्मीले घाँटी थिचेर गरेको खुलासा गरेको छ।

प्रहरीका अनुसार  मृतक सुरज, अनुज र रत्नेश सार्वजनिक विद्यालय कुराइठीमा निजी शिक्षक थिए। सुरज र अनुजबीच राम्रो मित्रता थियो। अनुज तीन वर्षदेखि एउटी केटीलाई माया गर्थे। यसैबीच, पछिल्लो दुई महिनादेखि त्यही केटीले सुरजसँग पनि फोनमा कुरा गर्न थालेकी थिइन्। जब अनुजलाई यो कुरा थाहा भयो उनले सुरजलाई सम्झाउन थाले। तर, सुरजले अनुजको कुरा वास्तै गरेनन्।

त्यसपछि अनुजले अर्का साथी रत्नेशसँग मिलेर फेब्रुअरी ११ मा सुरजलाई गलबन्दीले घाँटी अठ्याएर हत्या गरे र उनको शवलाई कुवामा फालिदिए। उनीहरुले सुरजको मोटरसाइकल पनि दुई किलोमिटर टाढा लगेर फालिदिए।

सूरजको हत्याकाे दुई दिनपछि अर्थात् फेब्रुअरी १३ मा अनुजले पनि झुण्डिएरआत्महत्या गरे। प्रहरीले अनुसन्धानपछि हत्यामा संलग्न रत्नेशलाई पक्राउ गरेको छ भने सुरजको हराएको मोटरसाइकललाई पनि भेटाएको छ। अनुसन्धानपछि हत्यामा संलग्न रत्नेशलाई जेल चलान गरिएको छ।

प्रकाशित मिति : February 19, 2020 at 12:57 pm