धमाधम पक्राउ पर्न थाले नेकपा निकटकै गुण्डा, दावाका सहयोगी सत्यमान लाजिम्पाटबाट पक्राउ
६ फागुन, काठमाडौँ । सरकरले गुण्डा नियन्त्रण अभियानलाई तीब्र पारेको छ । डर र धम्की दिएर असुलीमा सक्रिय गुण्डाहरू पछिल्लो समय पक्राउ धमाध पर्न थालेका छन । प्रहरीले सोमबार राति मात्र नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगी सत्यमान लामालाई पक्राउ गरेको छ ।
केहीदिन अघिमात्र नेकपाका निकटका गुण्डा नाइके रमेश बाहुन जिल्ला अदालतको आदेशमा करागार चलान भएका थिए । सत्यमान मादक पदार्थ सेवन गरी प्रहरीसँग विवाद गरेको अभियोगमा लाजिम्पाटको होटल सांग्रिला अगाडिबाट पक्राउ परेका हुन । महानगरी प्रहरी बृत महाराजगञ्जका डिएसपी उमेश लम्सालका अनुसार लामा माथि थप अनुसन्धान भैरहेको छ ।

काभ्रेको तेमाल गाउँपालिका–६, स्थायी घर भएका लामा बालुवाटारमा बस्दै आएका थिए । लामा यसअघि पनि पटक पटक पक्राउ पर्दै आएका थिए । उनलाई नेकपाकै नेतृ एवं सांसद नविना लामाले छुटाउने गरेकी थिइन । प्रहरीका अनुसार लामा ‘क’ वर्गका गुण्डा हुन् । यस्तै ठगी मुद्दामा नुवाकोट स्थायी घर भइ महाराजगञ्ज क्षेत्रमा सक्रिय मिलन लामा पनि महाराजगञ्ज प्रहरीकै हिरासतमा रहेका छन ।
यो पनि पढ्नुहोस्
-गुण्डा नियन्त्रणमा ओली सरकारलाई सफलता, नेकपा निकटकै गुण्डा नाइके बाहुनलाई १० वर्ष कैद
प्रकाशित मिति : February 18, 2020 at 12:49 pm









