नेकपाका नेता हरि ज्ञवालीको निधन
३ फागुन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. ५ का सचिवालय सदस्य एवं बर्दिया जिल्ला कमिटीका सचिव हरि ज्ञवालीको निधन भएको छ । ज्ञवालीको उपचारको क्रममा शनिबार बिहान काठमाडौँमा निधन भएको हो । ज्ञवाली स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा उपचाररत रहेका थिए ।

लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय ज्ञवालीले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर कुशलतापुर्वक आफ्नो भुमिका निर्वाह गर्दै आएका थिए । ज्ञवालीको निधनमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतले ज्ञवालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रकट गरेका छन ।
प्रकाशित मिति : 16:39









