काठमाडाैँको नेपालटारबाट ६ लाख नगदसहित १६ जुवाडे पक्राउ (खालबाट समातिनेको नामसहित)
३ फागुन, काठमाडाैँ । प्रहरीले काठमाडाैँको नेपालटारबाट ६ लाख नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । विशेष सूचनाको अाधारमा महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौर नेतृत्वको टोलीले जुवाडे पक्राउ गरेको हो । लामो समयदेखि जुवा खाल चालिरहेको ठाउँमा प्रहरीले छापा मारेको हो ।
प्रहरीले जुवाडेसहित जुवाको खालबाट नगद ६ लाख २५ हजार रूपैयाँ बरामद पनि गरेको छ । टोलीले तारकेश्वर नगरपालिका वडा ९ मा पर्ने नेपालटार भन्नेस्थानाको शुभकामना चोकमा घर भाडा लिएर बस्ने दिनेश पन्तको कोठामा छापा मारेर उनीहरूलाइ शुक्रबार राति पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा शङ्कर डङ्गोल, मोहन खड्का, देवरत्न श्रेष्ठ, रोशन ठकुरी, रामशरण खत्री, पदम अधिकारी, इन्द्रराज विडारी, दिनेशराज कुँवर, बुद्धीबहादुर गुरुङ, राजु गुरुङ र अनुप गुरुङ, देवेन्द्र केसी, श्यामसुन्दर नगरकोटी, विमल मगर, दिनेश पन्त र शिवजी शिवाकोटी रहेका छन ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार ठूलो रकम कारोवार गर्नेगरी जुवातास खेलेकाले प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाइ जुवा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । 
प्रकाशित मिति : February 15, 2020 at 4:28 pm









