अधिनायकवादको एकतारे पनि खुबै बज्योः प्रधानमन्त्री
३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको दुईवर्षे उपलब्धि संघीय संसदको बैठकमा प्रस्तुत गरिरहेका छन । सम्बाेधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसप्रति कटाक्ष गर्दै अधिनायकवाद आउन लागेको एकतारे पनि खुबै बजेको भन्दै व्यग्य गरेका छन ।

प्रधानमन्त्रीले भने ‘आम निर्वाचनताका एउटा कुरा चलेको थियो- कम्युनिस्टको सरकार बन्यो भने रुन पनि पाइँदैन । यसलाई खुब दोहोर्याएको पाइयो । तर, वास्तविकता त्यस्तो थिएन । तर, लोकतन्त्र संकटमा परेको, अधिनायकवाद आउन लागेको भन्ने जस्ता कुराको एकतारे पनि खुबै बज्यो । कहिले कहाँ, कहिले कहाँ, कहिले माइतीघर मण्डलामा, कहिले गुठी विधेयकको अवतारमा त्यो प्रकट भयो।’
प्रकाशित मिति : 11:53









