१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

दुईवर्षे समीक्षासहित संसदमा प्रधानमन्त्रीको सम्बोधन

३ फागुन, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको दुईवर्षे उपलब्धि समीक्षासहित आज संसदमा सम्बोधन गर्ने भएका छन् ।

उनले प्रतिनिधिसभा बैठकमा बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले हिजै सम्बोधन गर्ने कार्यक्रम तय भए पनि राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।

ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते सरकार गठन भएको थियो ।

फाइल फाेटाे

प्रकाशित मिति : 08:39