७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रणय दिवसका अवसरमा पाणिनि बहुमुखी क्याम्पसद्धारा प्रेमपत्र वाचन प्रतियोगिता

२ फागनु , अर्घाखाँची । भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका अवसरमा पाणिनि बहुमुखी क्याम्पस सन्धिखर्कमा प्रेमपत्र वाचन प्रतियोगिता सम्पन भएको छ । पश्चिमी देशमा फेब्रुअरी १४ तारिखमा मनाउने भ्यालेन्टाइन डे पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको छ । नेपाल विद्यार्थी सङ्घ पाणिनि बहुमुखी क्याम्पस मूल एकाइ समितिको आयोजनामा भएको प्रेमपत्र वाचन प्रतियोगितामा २१ जनाले भाग लिएका छन् ।

एक्काइस जनाले भाग लिएको प्रेमपत्र वाचन प्रतियोगितामा बीएड प्रथम वर्षमा अध्यनरत भीमा खत्री प्रथम, चौथो वर्षमा अध्यनरत सरस्वती भट्टराई, द्वितीय र प्रथम वर्षकै रितीका पौडेल तृतीय भएका छन् । प्रेमपत्र वाचनमा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल, क्याम्पस प्रमुख बाबुराम शर्मा, नेविसङ्घका जिल्ला अध्यक्ष भरतमणि भट्टराई, नेविसङ्घका नेता कृष्णप्रसाद भुसाल, सुरज रायमाझी, साहित्यकार तथा प्राध्यापक माधवराज चुँदालीलगायतले ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रकाशित मिति : February 14, 2020 at 3:26 pm