नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको भ्रष्टाचारमा अब अख्तियारले अनुसन्धान गर्ने
१ फागुन, काठमाडौँ । नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि अब अख्तियार दुरूपयोग अनुस्न्धान आयोगले छानविन गर्ने भएको छ । संघीय संसदको राज्यव्यवस्था समितिको बैठकले पूर्व प्रधानसेनापति क्षेत्रीमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो ।

फास्ट ट्र्याकसहित बिभिन्न ठेक्का पट्टा र खरिद निर्णयमाथि अर्बौं रकम भ्रष्टाचार गरेको भनि समिति समक्ष छानविनका लागि उजुरी परेपछि छानविनका लागि अख्तियारलाइ निर्देशन दिएको हो । क्षेत्रीको बारेमा यसअघि सञ्चारमाध्यमले श्रृंखलावद्ध रूपमा समाचारहरू लेखेका थिए ।
सोही निवेदनको आधारमा अध्ययन गर्न गठन भएको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदनका आधारमा राज्यव्यवस्था समितिले छानविनका लागि अख्तियारलाई पत्र पठाउने निर्णय गरेको समितिका सदस्य अमरेश कुमार सिंहले जानकारी दिए ।
उपसमितिमा काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडु, नेकपाका रेखा शर्मा र नवराज सिलवाल सदस्य रहेका थिए ।
यो पनि पढ्नुहोस्
-कराेडाैँको भ्रष्टाचार छोप्न पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री विप्लव नेतृत्वको नेकपामा !
-सेनाको दोहन गरी पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले कराेडाैँको अकुत सम्पत्ति जोडेको खुलासा
-भ्रष्टाचार गरी करोडौँ कुम्ल्याउने पूर्व प्रधानसेनापति क्षेत्रीलाई कारबाही गर्न सांसदको माग
प्रकाशित मिति : February 13, 2020 at 6:03 pm









