७ असार २०८३, आइतबार | Sun Jun 21 2026

वुहानमा रहेका नेपाली विद्यार्थी लिन ४ जना चिकित्सकसहित १३ जनाको टोली शनिबार चीन जाने

१ फाल्गुन, काठमाडाैँ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न  शनिबार दिउँसो २ः ४५ बजे चीन जाने भएको छ ।

३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १-१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका ४ जना चिकित्सकको टोली वुहान प्रस्थान गर्ने जनाइएको छ ।

उक्त टोलीको नेतृत्व पाकिस्तानी वा नेपाली पाइलटले गर्ने भएका छन् । विद्यार्थी लिएर फर्किएको जहाज आइतबार बिहान २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन ।

प्रकाशित मिति : February 13, 2020 at 4:22 pm