७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पक्राउ नै नपरी साधारण तारेखमा छुटे दुर्गा प्रसाईं

१ फागुन, काठमाडौँ । मेडिकल व्यवसायी दूर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबार अभद्र व्यवहारको कसुर लागेका प्रसाईंलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

सिडिओ हुमकला पाण्डेले बिहीबार प्रसाईं आफैं प्रशासन कार्यालय आएको जानकारी दिइन्। सिडिओ पाण्डेले भनिन्, ‘उहाँ आफैं प्रशासन आउनुभएको हो। साधारण तारेखमा छुटिसक्नुभयो,’

मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले झापाको बी एण्ड सी अस्पताल तथा मेडिकल कलेजका सञ्चालक रहेका प्रसाईंविरुद्ध उजुरी दिएका थिए । साेहि उजुरीका आधारमा प्रसाईंविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो ।

महानगरीय प्रहरी परिसर भक्तपुरमा डा. गिरीले उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ २ गते पक्राउ पूर्जी जारी गरेको थियो । तर, प्रसाईं भने पक्राउ परेका थिएनन् ।

प्रकाशित मिति : February 13, 2020 at 2:54 pm