धादिङकाे मलेखुमा बसकाे ठक्करबाट ७ वर्षीय बालककाे मृत्यु
१ फागुन, धादिङ । बसकाे ठक्करबाट ७ वर्षीय बालककाे मृत्यु भएकाे छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७ नंको बसले सात वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।

बालकको शव परीक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ । ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार बस चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति : February 13, 2020 at 1:31 pm









