नेपाली युवाको भारतमा गोली हानी हत्या
१ फागुन, काठमाडाैँ । एक नेपाली युवकको भारतमा गोली हानी हत्या गरिएको छ । मंगलबार सप्तरीकाे बोदेबर्साइन नगरपालिका-१० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो ।
बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका यादव ग्यारेजकै कामका निम्ति भारतको झन्झारपुर गएका थिए । ग्यारेज मालिक सत्येन्द्र यादवले राखेको भारतीय नम्बरको स्कारपियोमा झन्झारपुर गएका उनीमाथि फर्किंदै गर्दा गोली प्रहार गरिएको हो ।

घटना भएको समयमा सत्येन्द्रका भाइ सुरेन्द्र र बोदेबर्साइन ८ का अनिल यादव सँगै रहेका थिए । सत्येन्द्रले नै प्रयोग गर्ने भारतीय नम्बर प्लेटको स्कारपियो लिएर गएका उनलाई घर फर्कने क्रममा पछाडिबाट मोटरसाइकलमा आएको समूहले गोली प्रहार भएकाे हाे ।
पहिलो गोली स्कारपियोको टायर र दोस्रो गोली डम्बरलाई लागेको थियो । डम्बरको शवलाई नेपाल ल्याएर बुधबार अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मिति : February 13, 2020 at 11:23 am









