नेपाली सेनाको गाडी सल्यानमा दुर्घटना, सेनाका जवान यादवराज धरेलको मृत्यु, ६ घाइते
२९ माघ, बुटवल । नेपाली सेनाको गाडी सल्यानको चोरखालामा दुर्घटनामा परेको छ । सल्यानको कपुरकोटबाट बुटवल आउँदै गरेको सेनाको लु १ ग १२३ नम्वरको गाडी सल्यानको कपुरकोट गाउँपालिका वडा नम्वर ३ चोरखोलामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।
मृत्यु हुनेमा नेपाली सेनाका जवान २९ वर्षीय यादवराज धरेल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाे गाढी गाडी सबुज गणको रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा मेजर ईश्वर सिलवाल ,जवान रोशन हिटन, हवल्दार जय प्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठ छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ६ जनाको उपचार भइरहेको प्रहरी निरीक्षक हरिहरनाथ योगीले जानकारी दिए ।


प्रकाशित मिति : February 12, 2020 at 7:17 pm









