७ असार २०८३, आइतबार | Sun Jun 21 2026

भ्रष्टाचार मुद्दा लागे पनि मैले काम गर्न पाउनुपर्छ, अख्तियारको निर्णय दुषित छः न्यायाधीश गाैतम

२८ माघ, काठमाडौँ । अख्तियार दुरूपयो अनुसन्धान आयोगको निर्णय दुषित रहेको भन्दै चितवन जिल्ला न्यायाधीश विनोदकुमार गौतम सर्वोच्चमा पुगेका छन । उनले एक जना वारेश खडा गरेर बुधबार सर्वोच्चमा रिट दायर गरेका छन । उनले भ्रष्टाचार मुद्दा लागेको भए पनि न्यायाधीशको हैसियतामा काम गर्न पाउनुपर्ने माग गरेका छन ।

आयोगले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी वारेश मञ्जिल खनाल मार्फत सर्वोच्चमा पुगेका हुन । न्यायाधीश गौतमले आफूलाई अख्तियारले कारबाही गर्न नसक्ने दाबी गरेका छन । उनले सर्वोच्चमा आफूलाइ कारबाही नगर्न माग गरेका छन ।

गौतमले न्यायाधीश निलम्बन गर्ने अधिकार आयोगलाई नभएको दाबी गर्दै चितवन जिल्ला अदालतमा न्यायाधीशको रुपमा काम यथावत गर्न पाउनुपर्ने माग गरेका छन । उनले न्यायाधीशलाई कारबाही गर्ने अधिकार न्यायपरिषद्सँगमात्र भएको बताएका छन ।

 

प्रकाशित मिति : February 12, 2020 at 5:20 pm