७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नवलपरासीको बुलिङ्टारमा ट्याक्टर भीरबाट खस्यो, ४ जनाको मृत्यु ११ जना घाइते

२९ माघ, काठमाडाैँ । नवलपरासीको बुलिङ्टारमा गएराति ट्याक्टर भीरबाट खसेको छ । ट्याक्टर भीरबाट खस्दा ४ जनाको मृत्यु ११ जना घाइते भएका छन । पूर्वी नवलपरासीको बुलिङ्टार गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो भने ११ जना ङाइते भएका छन ।

फोइल फोटो ।

प्रहरीका अनुसार उनीहरू मेला हेरेर घर फर्किँदै गरेका थिए । उनीहरू चढेको ट्याक्टर छरछरेमा अनियन्त्रित भएर सडकबाट २ सय मिटर तल खसेको थियो । घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिसपी मोहनबहादुर खाँडले बताए ।

खाँडका अनुसार मृत्यु हुनेमा २२ वर्षीय नरबहादुर सुस्लिङ, ५९ वर्षीय यमानसिंह सुस्लिङ, ४० वर्षीय पूर्णबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारु रहेका छन । मृत्यु हुने सबै बुलिङ्टार–३ बतासा गाउँका हुन् । घाइतेमध्ये बलबहादुर झेडीको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : February 12, 2020 at 12:19 pm