७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नेपाल प्रहरीको प्रमुखमा ठाकुर ज्ञवाली नियुक्त, १७ वरिष्ठ प्रहरी अधिकृतले एकै पटक अवकाश पाए

२८ माघ, काठमाडौँ । नेपाल प्रहरीको प्रमुखमा डिआइजी ठाकुर ज्ञवाली नियुक्त भएका छन । केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाइ प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो । ज्ञवाली आउँदो २४ असारसम्म महानिरीक्षक पदमा रहनेछन् ।

ज्ञवाली नेपाल प्रहरीको २७ औं महानिरीक्षक भएका छन । उनी २५ असार ०४७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । सेवा प्रवेश गरेको २९ वर्षपछि ज्ञवाली प्रहरीको सर्वोच्च पदमा पुगे । हालका महानिरीक्षक सर्वेन्द्र खनालसहित १७ वरिष्ठ प्रहरी अधिकृतले मंगलबार एकै पटक अवकाश पाएका छन ।

प्रकाशित मिति : February 11, 2020 at 5:23 pm