७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालको अवकाश

२८ माघ, काठमाडौं नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आजदेखि अवकाश पाउने भएका छन् । ३० वर्षे सेवा अवधिका कारण उनी आज बिदाइ हुन लागेका हुन् ।

उनको बिदासँगै नेपाल प्रहरीले नयाँ महानिरीक्षक (आईजीपी) पाउनेछ । आईजीपी खनालसँगै ३ एआईजी र १८ डीआईजीले पनि एकैपटक अवकाश पाउँदै छन् । खनालसँगै एआईजी पुष्कर कार्की, धीरु बस्न्यात र ठूले राई अवकाशमा जाँदै छन् ।

यस्तै अवकाश पाउने डीआईजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, महेन्द्र पोखरेल, नारायणसिंह खड्का, सुरेशविक्रम शाह, महेशविक्रम शाह, पीताम्बर अधिकारी, केदार रिजाल, शेरबहादुर बस्नेत, दिनेश अमात्य, कमल जीटी, सुरज केसी, रामप्रसाद श्रेष्ठ, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, हरिभक्त जोशी, विनोद शर्मा घिमिरे, दानसिंह बोहोरा छन् ।

यता एसएसपी दिलीपसिंह बस्नेतले पनि आजै अवकाश पाउँदै छन् । आईजीपी खनालसँगै सबै २९ माघ २०४६ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । एकैदिन सेवा प्रवेश गरेकाले उनीहरू सबै एकदिन अवकाश पाएका हुन् ।

यसरी चयन हुन्छन् आईजीपी
प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवासम्बनधी व्यवस्थाको दफा ४१ मा उल्लेख भएअनुसार प्रहरी महानिरीक्षक अर्थात आईजीपी चयन हुने व्यवस्था छ ।

जसमा उल्लेख भएअनुसार, ‘प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट र उनीहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकमध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ ।’

यद्यपी नियमावलीको अन्तमा यो पनि उल्लेख छ ‘नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ ।’ ८ डीआइजीमध्ये जो कोहीलाई सरकारले आईजीपी बनाउनसक्ने अवस्था रहन्छ । तर सरकारका लागि ज्ञवाली नै उपयुक्त पात्र रहेको बुझिएको छ ।

यो पनि पढ्नुहोस् ।

प्रहरीमा फेरि पनि डीआईजीबाटै आईजीमा बढुवा ! प्रहरी संगठन अझै कमजोर बन्ने संकेत

लोकमानको लयमा प्रहरी प्रमुख सर्वेन्द्र खनाल

आईजीपी खनालको अर्को विदेश भ्रमण पनि सरकारले रोक्यो, चीन भ्रमण रोकिनुको यस्तो छ कारण

कलिला खुट्टामा जब प्रहरीको लाठी बर्सियो… (फोटो फिचर)

प्रकाशित मिति : February 11, 2020 at 7:52 am