७ असार २०८३, आइतबार | Sun Jun 21 2026

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको आगलागी नियन्त्रणमा

२७ माघ, काठमाडाैँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कफी सपमा केहीबेर अगाडि भएको आगलागी नियन्त्रण भएको छ । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी नियन्त्रणमा अाएको विमानस्थलले जनाएको छ । विमानस्थलको दमकलले आगलागी नियन्त्रणमा लिएको हो ।

विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलमा रहेको विश्राममा रहेको कफी सपमा आगलागी भएको र दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । आगलागी नियन्त्रणमा आएको र सबै यात्रु सकुशल रहेको उहाँले बताउनुभयो ।

विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सेवा अझै आधा घण्टासम्म बन्द रहनेछ । नियमक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, विमानस्थलस्थित सुरक्षाका अधिकारीसँग छलफल गरेर छिट्टै विमानस्थल सञ्चालन गरिने महाप्रबन्धक केसीको भनाइ छ । विद्युत् सट भएर आगलागी भएको बताइएको छ ।

प्रकाशित मिति : February 10, 2020 at 10:30 pm