नाकाबन्दीको ‘नाइके’ भन्दै सामाजिक सञ्जालमा मोदीको चर्को आलोचना (कसले के भने ?)
२७ वैशाख, काठमाडौँ । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको दुई दिने धार्मिक भ्रमणको पूर्व सन्ध्यामा सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा नेपालीहरुले नाकाबन्दीको तत्कालीन समयमा जस्तै चर्को अलोचना गरिरहेका छन । कतिपयले नेपालमाथि लगाइएको नाकाबन्दीको ‘नाइके’ भन्दै मोदीलाई गाली गरिरहेका छन ।
मोदीको नेपाल भ्रमणको पूर्व सन्ध्यानमा मोदीसँग जोडर प्रधानमन्त्री केपी शर्मा ओलीको समेत चर्को आलोचना हुन थालेपछि एमालेका कार्यकर्ता भने रक्षात्मक रुपमा सामाजिक सञ्जालमा प्रस्तुत भैरहेका छन भने कतिपयले खुलमखुला बचाउमा आफ्नो विचार प्रस्तुत गरिरहेका छन ।
मोदीको भ्रमणबारे कसले के भने ? हेर्नुस्
अभिनन्दन गरिमामय शब्द हो,यसनिम्ति सत्पात्र चाहिन्छ।अभिनन्दनपत्र लेख्दा सविनय दिल खोलेर उसका सत्कार्यको प्रशंसा गर्नुपर्छ।सरकार(कामपा) को यो अपकृत्य नागरिक अभिनन्दन किमार्थ हुन सक्दैन।हाम्रालागि त्यो उसको औपचारिक स्वागत समारोह मात्रै हो-Official Reception.बस!
— Krishna Gyawali (@ruru_krishna) May 10, 2018
कांग्रेसले पनि मोदिलाइ अभिनन्दन गर्ने सेड्युल बनाएछ। जनकपुरमा उपसभापति, काठमाडौमा सभापति र मुक्तिनाथमा महामन्त्री! पुष्पगुच्छा र खादा लिएर भेट्ने रे! शेरबहादुरले बाचा गरेको कुरा पुरा गर्न नसकेकोमा पहिला भन्दा अलि बढी झुक्ने केन्द्रिय कमिटीको निर्णय भन्ने कुरा सुनियो त!?
— डा. गोथे ?? (@Dr_Gothe) May 10, 2018
“नाकावन्दी लगाएको भनेर तिम्रा जनता मसँग रिसाएका छन्।अब ति रिसाएका जनतालाई झन देखाइदिन तिनकै नाममा मेरो ‘नागरिक अभिनन्दन’ गरिदेउ” भनेर मोदीले भने।हामीले हस् भनेउँ।’अभिनन्दन’ पछि मोदीले भन्नेछन- नेपाली जनताको म प्रतिको स्नेह सगरमाथा भन्दा अग्लो र गंगा भन्दा पवित्र छ !
— Bishnu Sapkota (@Bishnusapkota) May 10, 2018
मोदीको अभिनन्दनको पाटो पनि उतैबाट लादिएको हुनसक्छ, आगामी चुनावमा भारतीय मतदातालाई देखाउन। हामीलाई शायद नराम्रो संग प्रयोग गरियो। नेताले बुझे बुझेनन्? स्वागतको नाममा चाकडिको पराकाष्टा भयो! धत्!
— Krishna Ghimire (@kghimire1) May 9, 2018
यदि याे अभिनन्दन शेरबहादुर देउवाले गरेका थिए भने अहिले माेदी हाम्रा पाहुना हुन् भन्नेहरूकाे भाषा कस्ताे हुन्थ्याे हाेला । #BlockadeWasCrimeMrModi
— Dhruba lamsal (@dhrubalamsal1) May 10, 2018
प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार १२:२०