७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

नबिल बैंकका चार डिजिटल सेवा अस्थायी रूपमा प्रभावित

६ कात्तिक, काठमाडौं । नबिल बैंकका चारवटा डिजिटल तथा कार्डसम्बन्धी सेवा अस्थायी रूपमा प्रभावित भएका छन्। बैंकले प्राविधिक सुरक्षासम्बन्धी संवेदनशीलता र आवश्यक प्राविधिक सुधारको काम भइरहेको जनाउँदै केही सेवा अस्थायी रूपमा प्रभावित भएको जानकारी दिएको हो।

बैंकले सार्वजनिक गरेको अत्यन्त जरुरी सूचनाअनुसार nBank Microsite, GenAlpha App, Debit Card Request, Credit Card Request तथा Loan Against Fixed Deposit सेवा अस्थायी रूपमा प्रभावित भएका छन्।

बैंकले उल्लिखित सेवाबाहेक अन्य सम्पूर्ण सेवा नियमित रूपमा सञ्चालनमा रहेको स्पष्ट पारेको छ। प्राविधिक सुरक्षासम्बन्धी संवेदनशीलतालाई ध्यानमा राख्दै जोखिम मूल्याङ्कन तथा आवश्यक प्राविधिक सुधार भइरहेको बैंकको भनाइ छ।

सेवा प्रभावित हुँदा ग्राहकलाई पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ। थप जानकारीका लागि बैंकले ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१-५९७००१५ वा इमेल [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ।

बैंकले प्रभावित सेवाहरू पुनः नियमित सञ्चालनमा आउने समय भने सूचनामा खुलाएको छैन।

प्रकाशित मिति : October 23, 2026 at 11:22 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/