बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विपिन पक्राउ
५ कात्तिक, कैलाली । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ जमरापारी यु बान्स अटो पार्टस सर्भिस सेन्टरमा काम गर्ने जानकी गाउँपालिका-४ कञ्चनपुर घर भएका २५ वर्षीय विपिन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विपिनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : October 22, 2026 at 2:46 pm










