२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

नेपालले ओमानलाई दियो जितका लागि २५० रनको लक्ष्य

२६ माघ, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले ओमानलाई जितका लागि २५० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर व्याटिङकाे निम्ताे पाएकाे नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको हाे ।

 

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए । पारस खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्ल २८, ओपनर सुवास खकुरेलले २२, आरिफ शेखले २८, करण केसीले १०, सन्दीप लामिछानेले १०, कमलसिंह ऐरीले ९ रन बनाए उपकप्तान दिपेन्द्रसिंह ऐरी शुन्य रन मै आउट भए ।

यस्तै, ओमानका लागि अकिब इलियासले ४ र मोहमद नादिनले नेपालको ३ विकेट लिए। पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले हारेको थियो । शनिबार भएको दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : २६ माघ २०७६, आईतवार १३:१०