२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

आईसीसी विश्वकप लिग-२ मा अमेरिकालाई पराजित गर्दै नेपालकाे पहिलाे जित

२५ माघ, काठमाडाैँ । विश्वकप क्रिकेट लिग–२ अमेरिकालाई पराजित गर्दै नेपाल विजयी भएकाे छ । नेपालले त्रिकोणात्मक शृङ्खला अन्तर्गत आफ्नो दोस्रो खेलमा  अमेरिकामाथि जित हासिल गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा १९१ रनको लक्ष्य पाएको अमेरिकाले ४४ ओभर एक बलमा १५५ रनमात्र बनाउन सक्यो ।


नेपाली बलरले अमेरिकाको सुरुवाती ब्याटिङ लाइनलाई क्रिजमा टिक्न दिएनन् । १३ रन बनाएको अवस्थामै अमेरिकाका चार ब्याट्सम्यान पवेलियन फर्किसकेका थिए । ६५ रनको स्कोरमा ७ विकेट गुमाइसकेको अवस्थामा इयान होलान्ड र क्यामरुन स्टेभसनले अमेरिकाका लागि गतिलो साझेदारी गरेका थिए । उनीहरुले आठौँ विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए ।

होलान्डले अमेरिकाका लागि सर्वाधिक ७५ रन बनाए । त्यस अतिक्ति क्यामरुन स्टेभेन्सनले १९ र करिमा गोरले १० रन बनाए । नेपालका लागि करण केसीले चार, सुशान भारीले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई र कुशल मल्लले एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा चार बल बाँकी छँदै सवै विकेट गुमाएर १९० रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारी र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । भण्डारीले ५९ र मल्लले ५० रन बनाएका थिए ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार १७:१३