५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

कोरोना भाइरससँग जुधिरहेको चीनका लागि नेपाल सरकारले दियो १ लाख थान प्रोटेक्टिभ मास्क

२४ माघ, काठमाडाैँ । कोरोना भाइरससँग जुधिरहेको चीनका लागि नेपाल सरकारले १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको छ । मास्क सहयोगले नोवल कोरोना भाइरससँग जुधिरहेको चीनका लागि एक हदसम्म राहत मिल्ने अपेक्षा गरिएको छ ।

नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य तथा जनङख्यामन्त्री भानुुभक्त ढकालले चीन सरकारलाई दिनु भएको प्रोटेक्टिभ मास्क परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा ग्रहण गर्दै नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी । नेपाल सरकारले कोरोना भाइरसबाट सुरक्षित हुन चीन सरकारलाई एक लाख मास्क प्रदान गरेको हो । तस्बिरः प्रदीपराज वन्त/रासस

सरकारको निर्णय अनुसार शुक्रबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संयुक्त रूपमा चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गरे । चीनमा नोवल कोरोना भाइरसको संक्रमणबाट जोगाउने मास्कको अत्याधिक माग भएपछि सरकारले मास्क सहयोग गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : February 7, 2020 at 11:08 pm