१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

उत्कृष्ट महिला व्यवस्थापकको उपाधी मेगा बैंककी सिईओ अनुपमा खुञ्जेलीलाई

२४ माघ, काठमाडाैँ । उत्कृष्ट महिला व्यवस्थापकको उपाधीबाट मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली सम्मानित भएकी छिन् ।

नेपाल व्यवस्थापन संघ(म्यान)को शुक्रबार भएकाे साधारणसभामा खुञ्जेली उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्मानित भएकी हुन् । खुञ्जेली वाणिज्य बैंकमा पहिलो महिला सिईओ हुन् ।

यसैगरी म्यानेजर अफ दि इअरको उपाधीबाट राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई सम्मानित गरिएको छ । म्यानले हरेक वर्ष उत्कृष्ट व्यवस्थापकको रुपमा म्यानेजर अफ दि इअरबाट सम्मानित गर्दै आएको छ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार १५:००