५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

कुलबहादुर गुरुङकाे निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

२४ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय कमिटीका सहइञ्चार्ज विजय गुरुङका पिता कुलबहादुर गुरुङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज शोक विज्ञप्ति जारी गर्दै समाज परिवर्तनका लागि दिवङ्गत गुरुङले गर्नुभएको योगदानको उच्च प्रशंसा गर्दै पितृशोकमा पर्नुभएका विजय गुरुङ र उहाँको परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभयो । पर्वतमा रहनुभएका गुरुङको ८७ वर्षको उमेरमा गत सोमबार निधन भएको थियो । उहाँका एक छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रकाशित मिति : February 7, 2020 at 1:10 pm