माधवकुमार नेपाल र बाबुराम भट्टराईको बारेमा अख्तियारले गरेको तर्क गलतः संविधानविद् आचार्य
२४ माघ, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा (बालुवाटार जग्गा प्रकरण)का सम्बन्धमा पेश गरेको तर्क गलत रहेको संवैधानिक मामिलाका जानकारहरूले बताएका छन । संविधानविद् डा भिमार्जुन आचार्यले समाजिक सञ्जाल फेसबुक मार्फत अख्तियारको तर्क गतल भएको प्रतिक्रिया दिएका छन ।
आयोगले बालुवाटार जग्गा प्रकरणमा संलग्न रहेको र वयान समेत लिएक पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरूद्ध भ्रष्टाचार मुद्दा चलाउन नीतिगत समस्या रहेको तर्क गरेको थियो । तर संविधानविद् आचार्यले भने आयोगको उक्त तर्क गलत रहेको बताएका छन ।

उनले मन्त्री परिषद्ले गरेको निर्णयका कारण दोषी देखिएका व्यक्तिहरुलाई कार्वाही गर्न सकिएन भन्नु गलत हो भन्दै लेखेका छन ‘ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्ने विषयमा मन्त्रीपरिषदले नीति तर्जुमा नभई निर्णय गरेको हो । नीतिगत विषयका कारण कसैलाई कारवाही गर्न सकिएन भन्ने आयोगको भनाइ गलत छ।’
आचार्यले यस्तो लेखेका छन
“कुनै विषयमा नीति तर्जुमा गर्नु र निर्णय गर्नु फरक कुरा हुन् । अदुअआ ऐनको दफा ४ नीतिगत विषयसँग सम्बन्धित छ, निर्णयसँग होइन । ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्ने विषयमा मन्त्रीपरिषदले नीति तर्जुमा नभई निर्णय गरेको हो । नीतिगत विषयका कारण कसैलाई कारवाही गर्न सकिएन भन्ने आयोगको भनाइ गलत छ। आयोगले आफ्नो निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठ्ने ठाउँ दिनु आफैमा सुखद् विषय होइन । Democratic Institution हरुले आफ्नो credibility गुमाउदै गए भने democracy sustain गर्न सक्दैन ।”
प्रकाशित मिति : February 7, 2020 at 10:17 am









