जन्ती बोकेको ट्याक्टर दुर्घटना, तीनको मृत्यु
२४ माघ, पोखरा । बागलुङको तमानखोलामा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । म्याग्दीको मालिका गाउँपालिकाबाट बागलुङको तमानखोला १, बोंगादोभानमामा जन्ती बोकेर आएको ग.१त ५७६२ नम्बरको ट्याक्टर तमानखोला गाउँपालिका ३, बुलबुलेमा बिहीबार साँझ दुर्घटना भएको हो ।
दुर्घटनामा म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ४ जना सख्त घाइते भएका छन् भने अन्य ७ यात्रु सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : February 7, 2020 at 6:57 am







