दुर्गानाथ शर्माको निधनमा पूर्वप्रधानमन्त्री खनालको शोक विज्ञप्तिः देशले असल योद्धा गुमायो
२२ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधनमा दुःख प्रकट गरेका छन । बुधबार एक शोक विज्ञप्ति प्रकाशन गर्दै वरिष्ठ नेता खनालले शर्माको निधनबाट देशले एउटा असल, निर्भिक लोकतान्त्रिक योद्धा र वरिष्ठ संचारकर्मी गुमाएको बताएका छन ।

खनालले विज्ञप्ति मार्फत शर्माले संचार क्षेत्रलाई समुन्नत बनाउन, बिशेष गरेर नेपाल टेलिभिजनलाई ब्यवस्थित गर्न र लोकतन्त्रको विकासलाई अघि बढाउन महत्वपूर्ण योगदान गरेको स्मरण गरेका छन । इलाम जिल्लाको सूर्योदय नगरपालिका वाड न.९ बरबोटेमा जन्मिएर हाल काठमाण्डौ बस्दै आउनुभएका शर्माको उपचारका क्रममा बुधबार बिहान निधन भएको थियो । शर्माको बुधबार नै पशुपति अार्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति : February 5, 2020 at 11:08 pm





