२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

बालुवाटार जग्गा प्रकरणः नेपाली कांग्रेसका उपसभापति गच्छदारविरूद्ध भ्रष्टाचार मुद्दा

२२ माघ, काठमाडाैँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरूद्ध भ्रष्टाचार मुद्दा चलाउने भएको छ।

अख्तियार स्रोतका अनुसार मुद्दा दर्ता गर्न कर्मचारीहरू विशेष अदालत गएका छन्। गच्छदार र बस्न्यातसहित झन्डै २ सय जना व्यक्तिविरूद्ध मुद्दा चलाउने निर्णय भएको स्रोतले बतायो।

यसअघिको छानबिनमा प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको देखिएको थियो। माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा ललितानिवासको सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो। त्यतिबेला गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए भने बस्न्यात उक्त मन्त्रालयमा सचिव थिए।

अख्तियारले अरू क-कसलाई मुद्दा लगाएको छ भन्ने विस्तृत विवरण भने आइसकेको छैन।

प्रकाशित मिति : February 5, 2020 at 4:49 pm