२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

ओमानले नेपाललाई दियो १ सय ९८ रनको लक्ष्य

२२ माघ, काठमाडौँ । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

किर्तिपुर क्रिकेट मैदानमा टसमा हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट क्षतिमा १ सय ९७ रन बनाएको छ । नेपालको तर्फबाट बलिङमा करण केसीले ४ विकेट र सुशन भारीले ३ विकेट लिएका छन् । यस्तै, ओमानको तर्फबाट मोहम्मद नदीमले सर्वाधिक ६८ रन बनाए ।

प्रकाशित मिति : February 5, 2020 at 1:50 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/