५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

आफ्नै १० वर्षीय भान्जाकाे अपरहण गर्ने मामासहित २ जना पक्राउ

२१ माघ, बारा । १० वर्षीय बालकलाई अपरहण गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अपहरणमा परेका ती बालकको कलैया उपमहानगरपालिका-२४ श्रीपुरस्थित सडकबाट आइतबार प्रहरीले उद्दार समेत गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका-१४ गण्डक बहुअरी बस्ने रमेश राम र बारा प्रसौनी गाउँपालिका-५ प्रष्टोका बस्ने राजु राम रहेका छन् ।

फाइल फाेटाे

गत शुक्रबार आफू पढ्ने स्कुलमा सरस्वती पूजाको बिसर्जन गर्न गएका बालक घर नफर्केपछि ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा रामले अपहरणका मुख्य योजनाकार राजुलाई बुझाउन लाँदै गरेको अवस्थामा फेला पारी बालकको उद्दार गरेको हो ।

रामलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनकै मामा राजुले बालकलाई ललाइफकाई अपहरण गरी ल्याउनु भनी नगद ५० हजार रुपैयाँ दिन्छु भनेपश्चात अपहरण गरेको खुल्न आएको थियो । उनीहरु उपर अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : February 4, 2020 at 12:40 pm